पुजा शर्मा र प्रकास सुबेदी बिच मिलापत्र भए


अभिनेत्री  पुजाशर्मा ले आफ्नो फेसबुक स्टाटस मा आफूले शान्ति चाहेका कारण माफी दिएको बताएकी छिन । उनले लेखेकी छिन "माफी दिन लायक छन् भनेर अरुलाई माफी दिने होइन किनकि तपाईं शान्तिको योग्य हुनुहुन्छ ।"

 

अनन्त अभिनेत्री पूजा शर्मा र पत्रकार प्रकाश सुवेदी बीचको विवादको अन्त्य भएको छ। बिहीवार एपी वान टेलिभिजनको कार्यालयमा उनीहरुले भविष्यमा आपसी सम्बन्ध विग्रन नदिने भन्दै सहमति पत्रमा हस्ताक्षर गरेका छन् । चलचित्र कलाकार संघ, निर्माता संघ, चलचित्र संघलगायत विभिन्न संघ-संस्थाका व्यक्तिहरुको उपस्थितिमा पुजा शर्मा र प्रकाश सुवेदी बिचको विवाद लाई अन्त गरेका थिए ।
सहमति पत्रमा भनिएको छ, "भविष्यमा एकअर्काको पेशा, व्यक्तिगत समेतलाई सम्मान गर्दै आ-आफ्नो पेशागत मर्यादामा रहि प्रचलित कानुन  र पेशागत आचारसंहिता को परिपालना तर्फ सजग रहि भविष्यमा आपसी सद्भाव विग्रन नदिने प्रवृतिगत विषयमा समेत दुवै पक्ष संवेदनशिल र सचेत रहने "।
प्रकाश सुवेदी र पुजा शर्माबीच भएको सहमति पत्रमा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नृत्यकार संघका कार्यवाहक अध्यक्ष जनक कार्कीलगायतले हस्ताक्षर गरेका छन् । 

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.