स्वस्तिमा र नाजिर ५ बर्ष को मित्रता मनाउदै



यो फिल्मी इन्ड्र्स्ट्री भनेकोनै को साथी कहिले दुस्मन बन्छ र को साथी कहिले घनिष्ठ मित्रतामा सम्बन्ध जोडिन्छ पत्तो नै हुदैन। तर सबै मानिसहरु एकैनासको हुदैनन्न हामी अभिनेता नाजिर हुसेन र अभिनेत्री स्वस्तिमा खड्का को मित्रताको उदाहण लाई पनि देख्न सकिन्छ। यी दुबै ले एउटै फिल्म होस्टेल रिर्टन्स बाट आफ्नो चलचित्र छेत्रमा पहिलो यात्रा सुरुवात गरेका थिए। आज उनिहरु मित्रता को सम्बन्ध गासिएको ५ बर्ष भएका छन।

स्वस्तिमाले मंगलवार इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूहरुबीच ५ वर्षदेखि मित्रता रहेको उल्लेख गरेकी छन् । उनले नाजिरलाई बाँदरको रुपमा सम्बोधन गर्दै लेखेकी छन्, ‘यो बाँदरसँग ५ वर्षको मित्रता छ ।’ उनको यो पोस्टमा नाजिरले ‘चेयर्स’ भनेर लेखेका छन् । कलाकारबीच सुमधुर सम्बन्ध स्थापित नहुन नसकेको अवस्थामा स्वस्तिमा र नाजिरको मित्रता साँच्चै उदाहरणीय छ ।




Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.