हरिबङ्स र करिश्मा को कुलमान घिसिङ नै चाहिन्छ भन्ने माग


हाम्रो देश करिब चार वर्षपहिले  दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहन्थ्यो जसले गर्दा आम जनता र अन्य उधोग  तथा कलकारखाना धेरै पिडाम थियो । तर, २०७३ सालको भदौमा सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मा दिएपछि हाम्रो देश  ले नया दिशा पायो र देश  नै झिलिमिली भयो। वर्षौदेखि अर्बौं घाटामा रहेको प्राधिकरणलाई उनले चार वर्षमा नाफा दिलाएका छन् ।कुलमानको यही भदौ २९ गते चार वर्षे कार्यकाल सकिँदैछ । यतिबेला प्राधिकरणको कार्यकारी निर्देशकको आगामी कार्यकालका लागि आफू अनुकुलका व्यक्ति ल्याउन राजनीतिक तहमा निकै सक्रियता बढेको छ । तर, सामाजिक सञ्जालमा कुलमानलाई पुनः दोहोर्‍याउनु पर्ने आवाज उठिरहेको छ ।त्यस्तै अन्य  नेपाली कलाकारहरुले पनि उनलाई दोहोर्‍याउन सरकारसँग माग गरेका छन् । 

 कुलमानसँग खिचेका दुई तस्बिर फेसबुकमा पोस्ट गर्दै करिश्मा मानन्धरले लेखेकी छन्, "थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन्"  कुलमान घिसिङ फेरि चाहिन्छ ।’ त्यस्तै, कलाकार हरिवंश आचार्यले उज्यालो ल्याउनेलाई सम्मान गर्न आग्रह गरेका छन् । देशमा अन्धकार ल्याउने धेरै भएको र उनीहरुलाई खोजी-खोजी हटाउनु पर्ने पनि उनको माग छ ।

उनी फेसबुकमा लेख्छन्, ‘यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी-खोजी हटाउनु पर्छ । उज्यालो ल्याउनेलाई  सम्मान गरौं । उहाँको उर्जाले देशको उर्जा बढ्छ ।’ अनुप विक्रम शाही, स्वस्तिमा खड्का, वर्षा राउत, मनिष श्रेष्ठलगायतले पनि प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी पुनः कुलमानलाई दिनुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत् माग गरेका छन् ।




थोरै अफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन , कुलमन घिसिङ फेरि चाहिन्छ ।

Posted by Karishma Manandhar on Monday, August 24, 2020

यो देशमा अन्धकार ल्याऊनेहरु धेरै छन् तिनीहरुलाई खोजी खोजी हटाउनु पर्छ | ऊज्यालो ल्याउनेलाई सम्मान गरौ । उहॅाको ऊर्जाले देशको ऊर्जा बढ्छ ।

Posted by Hari Bansha Acharya on Monday, August 24, 2020
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.